Pm Cricket Cup, Province 2

प्रधानमन्त्री राष्ट्रिय महिला कप क्रिकेट प्रतियोगिताका लागि प्रदेश २ ले खेलाडी छनोट गरेको छ ।

पौष ११ बाट सुरु हुने महिला प्रधानमन्त्री कपको लागि १४ खेलाडी छनोट भएका हुन् ।

प्रदेश २ ले सरस्वती चौधरीको कप्तानीमा खेलाडी छनोट गरेको हो । यस्तै प्रदेश २ ले ४ वैकल्पिक खेलाडी समेत सार्वजनिक गरेको छ ।

दाङको लमही मैदान हुने प्रतियोगिताको फाइनल १९ गते हुनेछ ।