१६ वर्षीया किशोरी बलात्कारको आरोपमा ९ जना पक्राउ

जिल्ला प्रहरी कार्यालय सुर्खेतले १६ वर्षीया एक किशोरीलाई बलात्कार गरेको आरोपमा ९ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पञ्चपुरीका डम्बर वादी, गणेश वादी, युवराज शाही, शोभा शाही, बाबुराम पुरी, प्रेम बुढाथोकी, शेरबहादुर सार्की, ओम दर्लामी र प्रेमबहादुर शाही रहेका छन् ।

सुर्खेतका प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा बस काउण्टरमा काम गर्नेदेखि ड्राइभरसम्म रहेका छन्। केही दिनअघि जिल्लाको चौकुने गाउँपालिका घर भएकी ती किशोरीले पटक–पटक विभिन्न व्यक्तिबाट आफूमाथि बलात्कार भएको र पेटमा गर्भ समेत रहेको भन्दै इलाका प्रहरी कार्यालय बाबियाचौरमा उजुरी दिएकी थिइन् ।

पक्राउ परेकाहरुमाथि प्रहरीले जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया

Leave a reply

KalaiyaOnline.Com
Logo