सावरी दुर्घटनामा ९ वर्षीया बालिकाको मृत्यु

सप्तरीको सुरुङगा नगरपालिकास्थित कदमहामा आज बिहान भएको सावरी दुर्घटनामा परी एक बालिकाको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ ख ६९५६ नंको तेल ट्याङ्कर सुरुङ्गा नगरपालिकास्थित दिलीप एण्ड ब्रदर्श पेट्रोलपम्प नजिक रोकिराखेको अवस्थामा सोही दिशातर्फ जाँदै गरेको ना८ख ३४२२ नको ट्रकले पछाडिबाट ठक्कर दिँदा एक जना बालिकाको मृत्यु भएको हो ।

दुर्घटनामा ट्रक चालक सुनसरी रामधुनि इकराही नपा–४ बस्ने आशाराम चौधरीका ९ वर्षीया छोरी मेनुका चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । सो घटनामा ट्रक चालक ४५ वर्षीय आशाराम चौधरी, निजकी ४० वर्षीया श्रीमती चन्द्रकाला थारुनी निजका छोरा आशिष चौधरी घाइते भएका छन् ।

उनीहरूलाई उपचारका लागि सप्तऋषि अस्पताल लहान सिरहा पठाइएको छ । घटनापश्चात टयाङ्कर चालक फरार रहेको र उनको खोजी गर्नुका साथै घटनाको विषयमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

तपाइको प्रतिक्रिया

Leave a reply

KalaiyaOnline.Com
Logo