धनुषामा ससुरा र वुहारीको हत्या, गाडिएको अवस्थामा शव फेला

धनुषाको मिथिला बिहारी नगरपालिकामा ससुरा र बुहारीको हत्या गरेर सँगै गाडिएको अवस्थामा शव फेला परेको छ । मिथिला नगरपालिका वडा नम्बर ५ ललियामा ससुरा र बुहारीको शव गाडिएको अवस्थामा फेला परेको हो ।

सो शवहरु स्थानीय चेता भन्ने ५५ वर्षिय रामवृक्ष मण्डल र उनको बुहारी २१ वर्षिया अमृता मण्डलको रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक जितेन्द्र वस्नेतले जानकारी दिएका छन् । मृतक महिला भागेश्वर मण्डलको श्रीमती हुन् । प्रहरीका अनुसार अहिले शव उत्खननको कार्य भईरहेको छ ।

मृतक दुबै जना वेपत्ता रहेको गाउँलेहरुले थाहा पाए पछि खोजी गर्ने क्रममा शव गाडिएको अवस्थामा फेला परेको हो । यता उनीहरुको हत्यामा संलग्न रहेको आशंकामा मृतक महिलाका पति ३० वर्षिय भागेश्वर मण्डललाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक वस्नेतले जानकारी दिएका छन् ।

तपाइको प्रतिक्रिया

Leave a reply

KalaiyaOnline.Com
Logo