बारामा मोटरसाइकल एक आपसमा ठोकिँदा ३ जनाको घटनास्थलमै मृत्यु

मोटरसाइकल एक आपसमा ठोकिँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला को जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ टागिय बस्ति जाने बाटो नजिकै पुर्व पश्चिम राजमार्ग सडक खण्डमा पुर्व बाट पश्चिम तर्फ जादै गरेको प्र.२-०३-००२ प ५३३५ न.को मोटरसाइकल र बिपरित दिशा बाट आउदै गरेको बा ६५ प २७५६ नं.को मोटरसाइकल एक आपसमा ठोकिँएर तीन जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बारा का प्रब्क्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताउनु भयो ।

दुर्घटनामा परि मोटरसाइकलमा आगलागी भएको थियो । मृत्यु हुनेमा बा ६५ प २७५६ नं. को मोटरसाइकल चालक नुवाकोटको घुङताङ-३ बस्ने ४० वर्षीय टुलुराज तामाङ ,प्र.२-०३-००२ प ५३३५ न.को मोटरसाइकल चालक निजगढ नगरपालिका वडा नम्बर ९ बस्ने १६ वर्षीय विकाश साह र सोहि मोटरसाइकलमा पछाडी सवार पर्साको डकैला बहुअरी बस्ने ३५ वर्षीय सुनैना देबी साह रहेका छन् । मृतक तीन जनाको परिवारलाई जानकारी दिइसकेको प्रब्क्ता मिश्रले बताउनु भयो ।

तपाइको प्रतिक्रिया

Leave a reply

KalaiyaOnline.Com
Logo