अफगानिस्तानमा पछिल्लो तीन दिनमा २७ बालबालिका मारिए

अफगानिस्तानमा पछिल्लो समय बढेको द्वन्दमा बालबालिकामाथि गम्भीर हिंसा भएको छ । संयुक्त राष्ट्रसंघको बालबालिकाको लागि कम गर्ने संस्था युनिसेफले पछिल्लो तीन दिनमा अफगानिस्तानमा भएको हिंसामा २७ बालबालिकाको ज्यान गएको जनाएको छ ।

युनिसेफले अफगानिस्तानमा हरेक दिन हिंसा बढिरहेको बताएको छ । पछ्ल्लो तीन दिनमा अफगानिस्तानमा १३६ बालबालिका घाइते भएको पनि युनिसेफले जानकारी दिएको छ । युनिसेफले अहिले अफगानिस्तानमा यो आँकडा मात्र नभएर शारीरिक र मानसिक पिडा पनि त्रासदी पूर्ण रुपमा बढिरहेको बताएको छ ।

युनिसेफले अन्तर्राष्ट्रिय कानुन अन्तर्गत यी बालबालिकाको संरक्षणको अधिकार भएको भन्दै सबै पक्षलाई बालबालिकालाई बचाउन अपिल समेत गरेको छ । अमेरिकीसहित नेटो सैनिकले अफगानिस्तान छोड्ने प्रक्रिया शुरु गरेसँगै तालिबानले आक्रामक हुदै अफगानिस्तानका कैयौं प्रान्त आफ्नो कब्जामा लिएको छ । अधिकांश ग्रामिण इलाका कब्जामा लिएको तालिबान अहिले शहरी क्षेत्र कब्जामा लिने प्रयासमा रहेको छ ।

Tags:

तपाइको प्रतिक्रिया

Leave a reply

KalaiyaOnline.Com
Logo