जाली नोटसहित तीन जना समातिए

रौतहटमा जाली नोट ९ लाख ९३ हजार रुपैयाँसहिँत ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको इशनाथ नगरपालिका वडा नम्बर ४ स्थित कालिमंदिर सडकखण्डमा सवारी साधन तथा पैदल यात्रीहरु चेकजाँच गर्ने क्रममा सो परिमाणको जाली नोटसहित तीनै जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धनुषा जिल्लाको बट्टेश्वर गाउँपालिका वडा नम्बर ४ बस्ने ३८ वर्षिय शत्रुधन वरई ठाकुर, महोत्तरीको बर्दिबास नगरपालिका वडा नम्बर ९ बन्द्रा पशुपतिनगर बस्ने अन्दाजी वर्ष ३० का रन्जित महतो र भङ्गाहा नगरपालिका वडा नम्बर ४ प्रेमनगर बस्ने वर्ष २५ का दिपेन्द्र कुमार महतो रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख शिद्धि बिक्रम साहले बताएका छन् ।

भारतबाट नेपालतर्फ पैदल आउँदै गरेको अवस्थामा उनीहरु माथी शंकाका आधारमा चेकजाँच गर्दा नेपाली एक हजार रुपैयाँ दरको ९ सय ९३ वटा जाली नोट फेला परेको प्रहरी उपरिक्षक साहले बताए ।

Tags:

तपाइको प्रतिक्रिया

Leave a reply

KalaiyaOnline.Com
Logo