२४ घण्टामा थप ४ हजार १०७ जनामा कोरोना संक्रमण पुष्टि, थप ३५ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप ४ हजार १०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार १६ हजार दुई सय ९८ जनामा कोरोना परीक्षण गरिएको थियो ।

कोरोना संक्रमणबाट थप ३५ जनाको मृत्यु भएको छ । त्यस्तै एक हजार पाँच सय ३५ जना कोरोनामुक्त भएका छन् । त्यस्तै, काठमाडौंमा ९ सय ८, भक्तपुरमा दुई सय ६ र ललितपुरमा एक सय ६५ गरी उपत्यकाभित्र कुल १२ सय ७९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यसअघि मंगलबार देशभर ३३८३ जनामा संक्रमण पुष्टि भएको थियो भने २४ जनाको मृत्यु भएको थियो ।

तपाइको प्रतिक्रिया

Leave a reply

KalaiyaOnline.Com
Logo