बेटी पढाउ बेटी बचाउ अन्तर्गत २९ जना छात्रालाई साईकल वितरण

बेटी पढाउ बेटी बचाउ कार्यक्रम अन्तर्ग २९ जना छात्रालाई साईकल वितरण गरिएको छ । कलैया उपमहानगरपालिका वडा नम्वर ९ रामपुरको श्री नेपाल राष्ट्रिय माध्यमिक विधालयका २९ जना छात्राहरुलाई साईकल वितरण गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगरप्रमुख राजेश राय यादवले विधालय व्यवस्थापन समितिले जिर्ण भवन बारे जानकारी गराएको बताए । जिर्ण भवनमा पठनपाठन गर्न कठिनाई भईरहेकोले दुई कोठे भवन निर्माण गर्ने प्रतिवद्धता गरेका छन ।

त्यस्तै कार्यक्रममा बोल्दै वडाध्यक्ष डा अख्तर अंसारीले विधाथीहरुको शिक्षणमा सहयोग पुग्ने सोचले मल्टीमिडिया वडाको बजेटबाट दिने घोषणा गरेका छन् । विधार्थीहरु आफनो पढाइमा लगनशिलता देखाए वडाबाट स्तरबृद्धिको लागि विभिन्न किसिमको कार्यक्रमहरु पनि सञ्चालन गर्ने प्रतिवद्धता गरेका छन् । विधार्थीहरुको स्तरबृद्धिको लागि पहिला पनि आफुले ७ जना छात्राहरुलाइ वडाको बजेटबाट साईकल वितरण गरेको बताए ।

मुख्यमन्त्री अन्तर्गतको बेटी बचाउ बेटी पढाउ अन्तर्गतको साईकल वितरण गर्न कार्यक्रम प्राय जिल्लाका अधिकाश विधालयमा सम्पन्न भएको वडा ९ मा वडाध्यक्षले आफै पहल गरि विधालयका छात्राहरुको लागि साइकल ल्याएका छन् ।

करिश्मा कुमारी, निशा कुमारी, अमृता कुमारी, गुलशन खातुन, प्रिती कुमारी, मुस्कान खातुन, खुस्बु खातुन लगायत २९ जना छात्राहरुलाई साईकल वितरण गरिएको प्रधानाध्यापक तेजीलाल साहले जानकारी गराएका छन् ।

विधालय व्यवस्थापन समितिका अध्यक्ष अब्दुलरहिम असारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख राजेशराय यादव, विशिष्ट अतिथि उपप्रमुख रहिमा खातुन, वडाध्यक्ष डा अख्तर असारी, प्रधानाध्यापक तेजीलाल साह, शिक्षक,विधार्थी अभिभावक लगायतको उपस्थिती रहेको थियो ।

तपाइको प्रतिक्रिया

Leave a reply

KalaiyaOnline.Com
Logo