बारामा शनिवारदेखि कोरोना विरूद्धको भेरोसेल खोप लगाईने

कोभिड-१९ विरूद्धको चिनियाँ खोप भेरोसेल साउन १६ गते देखि बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा लाग्ने भएको छ उपमहानगरको मातहतको स्वास्थ चौकीहरूमा शनिवार देखि भेरोसेल खोप लगाउँने भएको हो ।

५५ वर्ष उमेर भन्दा माथिको उमेर समुहको व्यक्तिहरूलाई कोरोना विरूद्धको खोप भेरोसेल लाग्ने छ । साथै स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारी, व्यवसायीक संस्थाका कर्मचारी , शिक्षक र फ्रन्टलाईनमा काम गर्नेहरूलाई समेत शनिवार देखि भेरोसेल खोप लागईंने जीतपुरसिमरा उपमहानगरपालिकाको स्वास्थ्य शाखा प्रमुख रवि कुमार भास्करले जानकारी दिईका छन् ।

साथै वैदेशिक रोजगारमा जाने व्याक्तिहरू र पढ्नका लागि विदेश जाने विद्यार्थीहरूलाई समेत उक्त खोप लगाईंने छ । ५५ वर्ष माथिका व्यक्तिहरूले उमेर र नाम खुल्ने परिचय पत्र लिएर खोप लगाउँन जानू पर्ने छ । भने , स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारी, व्यवसायीक संस्थाका कर्मचारी, शिक्षक र फ्रन्टलाईनमा काम गर्नेहरूको हकमा आफ्नो परिचय पत्र लिएर जानू पर्ने छ । उनिहरूको लागि भने उमेर समूह तोकिएको छैन ।

कोरोना विरूद्धको भेरोसेल खोप साउन १६ गते शनिवार देखि लाग्न शुरू भई २ दिन सम्म जीतपुरसिमरा उपमहानगरको मातहतका स्वास्थ्य चौकीहरूमा लाग्ने छ । गत हप्ता कोरोना विरूद्धको खोप अमेरिकी जोन्सन एण्ड जोन्सन लगाउँने स्वास्थ्य चौकीहरूमा खोप लगाउँनेहरूको राम्रो उपस्थिति देखिएको थियो ।

जीतपुरसिमरा उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख भास्करका अनुसार पहिला भन्दा अहिले मानिसहरूमा कोरोना विरूद्धको खोप लगाउँन सकारात्मक सोच बन्दै गएको बताएका छन् ।

तपाइको प्रतिक्रिया

Leave a reply

KalaiyaOnline.Com
Logo