बाराबाट हात्तीको दाह्रासहित तीन जना पक्राउ

बारा प्रहरीले पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२२ स्थित २ नम्बर पुल नजिक जर्गा होटल अगाडीबाट हात्तीको दाह्रा सहिँत कारोबारमा सम्लग्न तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा जिल्लाको निजगढ नगरपालिका–११ रतनपुर बस्ने ३४ वर्षीय सूर्य प्रसाद तामाङ, ३५ वर्षीय दिलबहादुर घलान र मकवानपुरको हेटौंडा नगरपालिका–१३ पदमपोखरी बस्ने ३५ वर्षीय सुवास तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय अम्लेखगंजबाट खटिएको प्रहरी टोलीले हेटौंडाबाट पथलैया तर्फ आउँदै गरेको ना. ५० प १२२७ नं.को कालो रातो रङको २ सय २० सिसिको पल्सर मोटरसाईकल रोकी चेकजाँच गर्दा सो मोटरसाइकलको पछाडी सवार सुर्य प्रसाद तामाङले पलाष्टिकको बोरामा लुकाई छिपाई राखेको अवस्थामा ३ फिट ८ ईन्च लामो, १ फिट गोलाई ८ किलो ४ सय ४० ग्राम वजन भएको हात्तीको दारा फेला परेको हो ।

फेला परेपछि उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिएका छन् ।हात्तीको दाह्रा सहिँत पक्राउ परेका तीनै जनालाई आवश्यक कानूनी कारवाहीका लागि पर्सा राष्टिय निकुञ्ज कार्यालयमा पठाइएको प्रहरीले बताएको छ ।

तपाइको प्रतिक्रिया

Leave a reply

KalaiyaOnline.Com
Logo