मिलोमतोमा बजेट खान हरेक बर्ष लाखौ खर्च गरेर पोखरी खनिदै

डिभिजन वन कार्यालय, बारा र बाघभैरव सामुदायिक वन समितिको मिलेमात्तोमा बाराको निजगढमा पोखरी खन्ने अभियान चलाईएको छ ।निजगढ नगरपालिका वडा नं.४ बागदेवमा वर्षेनी लाखौं रूपैयाँ खर्चेर पोखरी निर्माण गरिए पनि सोको उपयोग भने नभएको स्थानीयले बताएका छन् ।

गत वर्ष लाखौं खर्चेर निर्माण गरिएको पोखरीमा पानी छैन । यस वर्ष समेत साँढे ३२ लाखको लागतमा अर्को पोखरी निर्माण भएको छ ।वन्यजन्तु शंरक्षणका लागि पोखरी खनिएको भने पनि वस्तीसँगै जोडिएको छ । बस्ती जोडिएको ठाउँमा गहिरो पोखरी निर्माण गरेर वन कार्यालयले असारे बजेट खपत गरेको स्थानीय सन्त पाख्रिनले बताए ।

पोखरी माफियाले वर्षेनी पोखरी खन्ने उयोग नगर्ने गरेर बजेट पचाउँदै आएको उनले सुनाए । पोखरी निर्माण गर्ने सरकारी बजेटको २५ प्रतिशत रकम वन कार्यालयलाई बुझाउँने गरी बस्तीका छेउमा पोखरी बनाउँन लागिएको गाउँमा हल्ला चलेको पाख्रिनले बताए । वर्षेनी पोखरी निर्माण गर्ने तर, पानीको उचित व्यवस्थापन गर्ने तर्फ वन कार्यालय र बाघभैरव समितिले ध्यान दिने गरेका छैनन् । पोखरी निर्माणको जिम्मा लिने र बजेट पचाउँने भन्दा अर्को काम नभएको अर्का स्थानीय रामकुमार थापाले बताए ।

यता बाघभैरव वन उपभोत्त समितिका अध्यक्ष सुदर्शन लामिछानेले बजेट बचाउँन, वनलाई कमिसन दिन नभएर वन जोगान पोखरी खनिएको बताए । खाली जमिन अतिक्रमणको चपेटामा पर्दै गए पछि डिभिजन वन कार्यालयको परामर्श र आर्थीक सहयोगमा पोखरी निर्माण गरिएको उनले बताए । पोखरी निर्माणले वन अतिक्रमण हुँनबाट जोगिएको र वन समितिका लागि अतिरिक्त आम्दानीको श्रोत निर्माण भएको उनको भनाई थियो ।

सिमसार क्षेत्र व्यवस्थापन, वन अतित्रमण रोकथाम र सामुदायिक वनको आय आर्जन गर्ने उद्देश्यले डिभिजन वनको साँढे २८ लाख र बाँकी सामुदायिक वनको लागतमा पोखरी निर्माण गरिएको डिभिजन वन कार्यालय बाराका प्रमुख मन्जुर अहमदले बताए ।

तपाइको प्रतिक्रिया

Leave a reply

KalaiyaOnline.Com
Logo