राजमार्गका अधिकांश पुल जीर्ण, आवागमन प्रभावित

बाराको पूर्वपश्चिम राजमार्ग अन्तरर्गत पथलैया निजगढ सडक खण्डमा पर्ने अधिकांश पुलहरु जिर्ण हुँदा जोखिम बढेको छ  जिल्लाको पसाह, बालगंगा र लालबकैया खोलाका पुलका पिच भत्किएर ठुला ठुला खाल्डा परेका छन् । जसका कारण सवारीहरु घण्टौं जाममा सबेर एक तर्फी आवागमन गरिरहेका छन् ।

घण्टौं जाममा बसेर पनि जोखिम यूक्त पुलबाट सावारी पार गर्दा डर लाग्ने गरेको चालकहरुले बताउने गरेका छन् । पुलमाथी ठुल्ठुला खाल्डा छन् । थाहा छैन कुँन दिन प्वाल परेर गाडी तल भर्ने हो, सिमेन्ट बोकर विराटनगर हिडेको ट्रकका चालक उमेश थापाले सुनाए । खाल्डा खुल्डीमा गाडी बचाएर पार गर्नु पर्ने अवस्था छ । पुलको अवस्था विग्रिएको लामो समय भयो । तर, पनि मर्मत नहुँदा जोखिम बढेको अर्का चालक सुमन कार्कीले बताए । एक तर्फ आवगनमका कारण एक घण्टा देखी पुलको छेउमा जाम परेको उनले सुनाए ।

पुल जिर्ण हुँदा यातायात सेवा निकै प्रभावित बनेको प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रमुख एसपी हिमालय श्रेष्ठले बताए । आवागमन सहजताका लागि चौबिसै घण्टा प्रहरी सक्रिय रहेको उनको भनाई छ । घण्टौं जाममा हुने अवस्था छ । भत्किएको पुलमा कहिले काँही गाडी अड्किएर झनैं समस्या हुँने गरेको छ । यस्तो अवस्थामा विरामी बोकेका एम्बुलेन्स समेत जाममा पर्ने गरेका छन् । जाम मैं परेका कारण विरामी समेतको मृत्यु समेत हुने गरेको श्रेष्ठले बताए ।

पुलको अवस्था सुधारका लागि सडक विभाग लगायतका निकायमा पटक पटक अनुरोध गर्दा सुनवाई नभएको उनको भनाई छ । बारा जिल्लाको लाल बकैया, पसाह, बालगंगा र रौतहट सर्लाही जोड्ने वागमती पुल जिर्ण बन्दा समस्या भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रमुख एसपी श्रेष्ठले बताए । जिर्ण पुलहरुको अवस्था तत्काल सुधार गरिदिन सडक विभागसँग कुरा गरेको र केही दिन मैं मर्मतको काम गर्ने भनिएको बाराका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडलले बताए ।

सडक विभाग हेटौंडा कार्यालय प्रमुख खड्गलाल श्रेष्ठले जीर्ण पुलहरुको चाँडै मर्मत गरिने बताए । पहिला राखिएको अलकत्रा उप्किएर खाल्डो बनेको हो । सबै उप्काएर पुनः निर्माण गर्न तत्काल सम्भव छैन । खाल्डो पर्दै जाँडा हामीले मर्मत गर्दै गयौं । सामान्य मर्मतका कारण खाल्डा बढ्दै गए श्रेष्ठले भने ।

पुल हल्ली रहने भएकाले पानी पर्दा अलकत्रा उप्कीयो । जस्ले समस्या हुँदै गयो । यस पटक हामी नउप्किने गरी ईमोल्सनसहिँत अलकत्रा हालेर मर्मत गर्ने तयारी गरिरहेका छौं । ईमोल्सनको बजारमा अभाव भएका कारण ढिलो भएको श्रेष्ठले बताए । दुई चार दिन पछि सडक विभागमा भएका आफ्ना मेशिन र जनशक्तिको सहयोगमा पुलको मर्मत गर्छौं उनले भने ।

२०२० साल अघि सोभियत संघले बनाई दिएका यी पुलहरुले ५० आयु पुरा गरेका छन् । सरकारले पूर्व पश्चिम राजमार्गमा चार लेनका पुल बनाउँन अध्यायन गरिरहेको छ । संभवत दुई चार वर्ष पछि काम सुरु होला सडक विभाग हेटौंडाका प्रमुख श्रेष्ठले बताए ।

तपाइको प्रतिक्रिया

Leave a reply

KalaiyaOnline.Com
Logo