करेन्ट लागेर विद्युत प्राधिकरणका कर्मचारीको मृत्यु

झापामा विद्युत प्राधिकरणका एक कर्मचारीको मृत्यु भएको छ। विर्तामोड नगरपालिका वडा नम्बर ४ जात्रुबाडी बस्ने ६१ वर्षीय कुलबहादुर भट्टराईको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

बुधबार बिहान साढे ७ बजे सोही नगरपालिका वडा ८ स्थित रामकुमारी दर्जीको घरमा उनी मिटर जडान गर्न बिजुलीको पोलमा चडेका थिए। त्यसै क्रममा उनलाई करेन्ट लागेर खसेका थिए।

भुइँमा लडेपछि उनको टाउकोमा चोट लागेर गम्भीर घाइते भएका भट्टराईको उपचारको लागि बिएन्डसी अस्पताल विर्तामोड र्पुयाउँदा मृत्यु भएको थियो। उनी अनारमनी वितरण केन्द्र विद्युत प्राधिकरणको कर्मचारी थिए।

तपाइको प्रतिक्रिया

Leave a reply

KalaiyaOnline.Com
Logo