नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि

नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।

शुक्रवार प्रतितोला छापावाला सुनको मूल्य ९१ हजार ३ सय रहेको थियो । आज सुनको मूल्य तोलामा २ सयले वृद्धि भइ प्रतितोला सुन ९१ हजार ५ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी आज तेजावी सुनको मूल्य ९१ हजार रहेको छ ।

शुक्रवारको तुलनामा आइतवार प्रतितोला चाँदीको मूल्य तोलामा १५ रुपैयाँले वृद्धि भएको छ । शुक्रवार प्रतितोला चाँदीको मूल्य १ हजार ३ सय १० रहेकोमा आज मूल्य वृद्धि भइ १ हजार ३ सय २५ कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाइको प्रतिक्रिया

Leave a reply

KalaiyaOnline.Com
Logo