टिपरले च्यापिँदा श्रीमान् श्रीमतीको मृत्यु

काठमाडौँको थलीमा बालुवा बोकेको टिपरले च्यापिएर श्रीमान् श्रीमतीको मृत्यु भएको छ । टिपर टहरामा पल्टिँदा उनीहरुको ज्यान गएको हो ।

महानगरीय प्रहरी वृत्त बौद्धका अनुसार बा ५ ख २५११ नम्बरको टिपर आज बिहान साँखु चाबहिल सडक खण्डको थलीमा पल्टिँदा टहरामा सुतिरहेका श्रीमान् श्रीमतीको घटनास्थलमै मृत्यु भएको हो।

मृत्यु हुनेमा नुवाकोटका साइला तामाङ र जयन्ती तामाङ छन्। दुवै जनाको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगन्ज लगिएको छ । टहरामा पल्टिएको टिपर निकाल्ने काम भइरहेको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया

Leave a reply

KalaiyaOnline.Com
Logo