पर्सा प्रहरीद्वारा लागू औषध गाँजा सहित दुई जना पक्राउ

पर्सा प्रहरीले अवैध लागू औषध गाँजा सहित दुई जनालाई पक्राउ गरेको छ । मकवानपुरको राक्सिराङ गाउँपालिका-५ ताङराङ टोल निवासी ४० वर्षीय बिरबहादुर प्रज्ञा र रानीबाङ टोल निवासी २० वर्षीय सोमलाल प्रज्ञालाई प्रहरीले पक्राउ गरेको हो ।

दुबै जनाको साथबाट ३ बोरामा रहेको ४० किलो अवैध लागू औषध गाँजा बरामद गरिएको पर्साका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता ओमप्रकाश खनालले बताउनुभयो । पटेर्वासुगौली गाउँपालिका-२ मकवानी चौरीमा मंगलबार विहान करिब १ बजे हिडडुल गरिरहेको अवस्थामा शंका लागि ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीको टोलीले प्रज्ञाद्वयले पिठयुमा बोकेको बोरा चेकजाँच गर्दा अवैध लागू औषध गाँजा बरामद गरिएको प्रवक्ता खनालले बताउनुभयो ।

लागू औषध गाँजा सहित पक्राउ परेका प्रज्ञाद्वयलाई नियन्त्रणमा राखी लागू औषध मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया

Leave a reply

KalaiyaOnline.Com
Logo