२,६३६ जनामा संक्रमण पुष्टि हुँदा ४,३४८ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा देशभर २ हजार ६३६ जना कोरोना संक्रमित थपिएका छन् । यो संगै हालसम्म कोरोना संक्रमितको संख्या ६ लाख ७० हजार ८५७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

सोमबार स्वास्थ्य मन्त्रालयका अनुसार अनुसार गत २४ घण्टामा ७ हजार २५९ जनाको पीसीआर र ४ हजार ४८९ जनाको एन्टीजेन बिधिबाट परिक्षण गर्दा क्रमश: १,७२८ र ९०८ जनामा संक्रमण पुष्टि भएको हो। यस्तै, मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा ४ हजार ३४८ जना निको भएर घर फर्केका छन् ।

यसैगरी, गत २४ घण्टामा २० जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसंगै नेपालमा हाल कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ७१ पुगेको छ। यसअघि हिजो २,४४४ जनामा कोरोना पुष्टि हुँदा ३,८५३ जना संक्रमण मुक्त भएका थिए भने ४२ जनाको मृत्यु थियो।

तपाइको प्रतिक्रिया

Leave a reply

KalaiyaOnline.Com
Logo