१५ वर्षीय बालिकालाई करणी गरेको आरोपमा १ जना पक्राउ

१५ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पर्सा प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।

पर्साको पर्सागढी नगरपालिका वडा नम्बर ७ नवासी फुलबरिया निवासी २० वर्षीय कृष्ण पटेललाई प्रहरीले बिहिवार राति साढे ९ बजे पक्राउ गरेको हो ।

बालिकाका परिवारका सदस्यहरु सुतिरहेको मौका छोपी बालिका सुत्ने कोठामा प्रवेश गरी धाकधम्की दिएर पर्सागढी नगरपालिका वडा नम्बर ६ चैनपुर बस्ने कमलेश सहनी ढोकामा कुरुवा बस् कृष्ण पटेलले जबरजस्ती करणी गरेको भन्ने उजुरी बालिकाका बुबाले दिएपछि प्रहरी खोजी शुरु गरेको थियो ।

खोजी गर्ने क्रममा पटेल पक्राउ परेपनि सहनी भने फरार रहेको हुँदा निजको खोजी जारी राखिएको पर्साका प्रमुख प्रहरी उपरीक्षक बेल बहादुर पाण्डेले बताए ।

पक्राउ परेका पटेलविरुद्ध करणी सम्बन्धी कसुरमा पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याथ थपी आवश्यक अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

तपाइको प्रतिक्रिया

Leave a reply

KalaiyaOnline.Com
Logo