न्युजिल्यान्ड वर्ल्ड टेस्ट क्रिकेट च्याम्पियन

विश्व टेष्ट च्याम्पियनसिपको उपाधि न्यूजिल्याण्डले जितेको छ । छैटौं दिनसम्म चलेको खेलमा न्यूजिल्याण्डले भारतलाई ८ विकेटले हराएको हो ।

बर्षाले दुई खेल हुन नसकेको फाइनलमा भारतले दोस्रो पारीमा राम्रो ब्याटिङ गर्न सकेन । साउथह्याम्टनमा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले पहिलो पारीमा दुई सय १७ रन बनायो ।

जवाफमा न्यूजिल्याण्डले पहिलो पारीमा दुई सय ४९ रन बनाउँदा ३२ रनको अग्रता लिएको थियो । त्यसपछि दोस्रो पारी सुरु गरेको भारत मात्र १७० रनमा समेटियो ।

भारतका लागि ऋषभ पन्तले ४१ रन बनाउँदा चेतेश्वर पुजारा र अजिन्क्या राहानेले समान १५–१५ रन बनाए । यस्तै कप्तान विराट कोहलीले १३ रन बनाउँदा रविन्द्र जडेजाले १६ रन थपे ।

भारतलाई दोस्रो पारीमा सस्तैमा समेट्नका लागि टीम साउथीले चरा तथा ट्रेन्ट बोल्टले तीन विकेट लिए । जवाफमा न्यूजिल्याण्डले मात्र दुई विकेटको क्षतीमा लक्ष्य पुरा गर्यो ।

तपाइको प्रतिक्रिया

Leave a reply

KalaiyaOnline.Com
Logo