चट्याङ लागेर बारामा एकको मृत्यु, २ जना घाइते

बारामा बुधबार साँझ छव बजे परेको चट्याङ लागेर एकजनाको मृत्युु भएको छ । अन्य दुईजना घाइते भएका छन ।

चट्याङ लागेर जितपुर सिमरा उपमहानगरपालिका-२० बसडिलवाका २८ बर्षीय विजय यादवको मृत्यु भएको प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो ।

चट्याङ लागेर स्थानीय सहमुदिन अंसारी र बिशुनदयाल ठाकुरकी श्रीमती ६० बर्षीय शान्ती देवी घाईते भएको प्रहरीले जनाएको छ । घाईतेहरुको वीरगन्जमा उपचार भईरहेको छ।

तपाइको प्रतिक्रिया

Leave a reply

KalaiyaOnline.Com
Logo