खेलले देशको पहिचान गराउँछ – माननिय समिर

खेलकुदले देशको पहिचान गराउनमा अहम भुमिका खेलेको माननिय महम्मद समिरले बताएका छन् । देश विदेशमा खेलकुदको माध्यमले राष्ट्रको पहिचान हुने भएकोले खेलकुदको विकास गर्नु अपरिहार्य रहेको बताए ।

बाराको एक मात्र राष्ट्रियस्तरका क्रिकेट ग्राउन्डको मर्मत सम्भार गर्नको लागि आफनो संसदिय विकास कोषबाट १० लाख आर्थिक सहयोग गरेका छन् ।

कलैया उपमहानगरपालिका वडा नम्वर ३ भवानीपुर स्थित सिद्धेश्वर संस्कृत खेलकुद मैदान जिर्ण हुदै गएको अवस्थाममा मानिनय समिरले खेलाडीको स्तर बृद्धिको लागि मैदान नभई नहुने भएकोले खेलकुद मैदानमा बजेट छुटयाई निमार्ण कार्य थालनी गराएको जानकारी दिएका छन् ।

खेलाडीहरुको लागि चाहिने खेलमैदान, खेलमैदानमा चाहिने पानीको व्यवस्थाको लागि सानो टयुववेल, ग्रास कटर, ड्रेस चेन्ज गर्ने सुविधा समपन्न भवन, खेल समाग्री लगायतको माननिय समिरले सहयोग गरेका छन् ।

बारा जिल्ला क्रिकेट खेलाडीको उर्वर जमिनको रुपमा लिने गरेको आफुलाई ताजा स्मरण रहेको बताए । यसै जिल्लाबाट राष्ट्रिय अन्तराष्ट्रिय खेलाडिहरु विनोद दास, संजम रेग्मी, कनिष्क चौगाई पवन सरार्फ, अनिल साह, तिर्थराज दास लगायतका खेलाडीहले भाग लिएको बताए ।

देशको पहिचानको साथै स्वास्थ्य जिवनको लागि कुनै पनि खेल आवश्यक रहेकोले सवैले खेलमा जोड दिनुपर्ने बताए । आगामी दिनमा आफुले अन्य खेलकुदमा पनि आफनो पहुचको हिसाबले यस्तै खेलाडीहरुको मनोवल बढाउने कामलाई निरन्तरता दिने प्रतिवद्धता समेत गरेका छन् ।

 

 

 

तपाइको प्रतिक्रिया

Leave a reply

KalaiyaOnline.Com
Logo