महन्त ठाकुर पक्षका प्रदेश सांसदहरुले गरे प्रदेशसभा बैठक बहिस्कार

जनता समाजवादी पार्टी (जसपा) महन्त ठाकुर पक्षका प्रदेश सांसदले प्रदेशसभा बैठक बहिस्कार गरेका छन् । सोमबार दिउँसो बसेको प्रदेशसभाको छौठौं अधिवेशनको बहिलो बैठकमा ठाकुर पक्षका सांसदहरु अनुपस्थित रहेका थिए ।

बिहान बसेको ठाकुर पक्षका सांसदीय दलको बैठकले छैठौँ अधिवेशनको पहिलो बैठक बहिस्कार गर्ने निर्णय गरेको थियो ।
पछिल्लो राजनीतिक घटनाक्रमले आइतबार उपेन्द्र यादव पक्षले मुख्यमन्त्री लालबाबु राउतलाई संसदीय दलको नेतामा चयन गरेको थियो ।

आइतबार राति मुख्यमन्त्री राउतले ठाकुर पक्षका एक मन्त्री र तीन राज्यमन्त्रीलाई बहिस्कार गरेपछि सो पक्षले बैठक बहिस्कार गरेको हो । बैठक बहिस्कार गरेपनि सरकारलाई आफुहरुको समर्थन रहेको सो पक्षका एक सांसदले बताए ।

तपाइको प्रतिक्रिया

Leave a reply

KalaiyaOnline.Com
Logo