⚙️ व्यवस्थापन

छातीमा समस्या भएपछि ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ

अक्षर आकार
यो समाचार English | हिन्दी | Arabic मा पढ्नुहोस्

छातीमा समस्या भएपछि ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ छातीमा असहजता देखिएपछि मंगलबार स्वास्थ्य परीक्षणका लागि राष्ट्रिय ट्रमा सेन्टर पुगेका छन्। 

महाबौद्धस्थित ट्रमा सेन्टरमा चिकित्सकहरूले उनको छातीसम्बन्धी आवश्यक परीक्षण गरेका छन्। परीक्षणपछि उनको स्वास्थ्य अवस्था सामान्य रहेको र चिकित्सकहरूले आवश्यक परामर्श दिएको जनाइएको छ। 

मन्त्रालय स्रोतका अनुसार पछिल्लो समय बाढी तथा मनसुनी विपद्को उद्धार र व्यवस्थापनमा निरन्तर खटिएका कारण धपेडी र कार्यव्यस्तताबीच उनलाई सामान्य अस्वस्थता देखिएको हो। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जम्मा 4 जनाको प्रतिक्रिया

टिप्पणीहरू

0 प्रकाशित टिप्पणी
अहिलेसम्म कुनै प्रकाशित टिप्पणी छैन।

सम्बन्धित समाचार

👥सामाजिक