वेबसाईट बनाउन सोच्दैहुनुहुन्छ ? कल गर्नुहोस् ।

समाचारको प्रभाव ब्लड कैशर पिडितलाई सहयोगी हात जुटदै

प्रसौनी गाउँपालिकाका वडा नम्वर ३ नौतन ३ बस्ने ३२ वर्षिय विजय साह ब्लड कैन्सर बाट पिडित भई समाजिक संजालबाट सहयोगको अपिल गरेपछि कलैयालाइभले समाचार प्रकाशन गरेको थियो । समाचार प्रकाशन भएपछि विभिन्न दाताहरुबाट सहयोग भएको थियो ।
सहयोग गर्ने क्रममा कलैयाको क्रिएटिभ नेपालले नगद ११ हजार ५ सयको सहयोग गरेको संस्थाका संजय केशरीले जानकारी गराएका छन ।
पिडित साह कसमेटिकको पसल सञ्चालन गरेर आफनो बुवा आमा, स्वास्नी र तीन जना बच्चाहरुको लालनपालन गर्दै आएका थिए । उनको बुवा पैरेलाईसिस भई नाजुक अवस्थामा रहेका छन् भने आमा २० वर्ष देखि मधुमेहको विरामीले पिडित छिन ।

आफनो घरको जिम्मेवारी उठाउने म एक्लै आफै जिन्दगी र मृत्युसँग लडिरहेको साह रुदै बताउछन । यस्तो अवस्थामा आफनो दुख जति पिरोलिन त्यती ति बुढा बाआमाको औषधी खाना कसरी जोहो गरिरहेका होलान भनेर चिन्ता थप्दै गएको उनि बताउछन ।

यस्तो मृत्युको घडिमा म अब बाच्न चाहन्छु, उनि भन्छन म रहिन भने मेरा पाँच जनाको परिवार म सँगै मरेर जाने बताए । आफु विगत ६ महिना देखि मृत्युसँग लडदै आएको छु, आफु बाँचेर आफनो पैरेलाईसिस बुवा, मधुमेह आमाको साहारा बन्न चाहने ईच्छा जाहेर गरेका छन ।

यसको लागि मैले कैन्सरसँग जित्नै पर्ने भएकोले यसको क्यामियो थेरेपी गरे मात्र म बाँच्न सक्ने साह बताउदै आएका छन । अहिले डाक्टरका अनुसार तीन वटा क्यामियो थेरेपी गरे पुन पहिलाको अवस्थामा फर्किन सक्ने बताएका छन् ।
क्यान्सको उपचार गर्दा गर्दै आफुले सञ्चालन गरेको सानो व्यापार, जग्गा जमिन सब बेचेर पनि पैसाको जोहा्े गर्न नसक्दा समाजिक संजाल मार्फत सहयोगको अपिल गरेका थिए।

डाक्टरका अनुसार ६ चोटी क्यामियो थेरोपी गर्न भनेको छ । आफनो उपचार चितवनको भरतपुर कैन्सर हस्पिटलमा गराउदै छु आएका छन् । उनका अनुसार एक चोटी क्यामियो थेरेपी गर्दा डाक्टरको चार्ज सहित करिव ८० हजार लाग्ने भएकोले सहयोगको अपिल गरेका थिए ।

सवैको साथ र सहयोगले आफनो पहिलेको जिवन पुन पाउने आशा पलाएको साह बताउछन ।

कलैया अनलाईनको माध्यमले सवैसँग अनुरोध गर्न चाहे सहयोग गर्न चाहने जो कोहिले ई सेवा आई डि मार्फत ९८१४२५९६८० विजय कुमार साह वा ग्लोबल आई एम ई बैक बाराको फेटा ब्रान्चका खाता नम्वर ई५०७०१०००४१६७ मा सहयोग गरि दिन हार्दिक अनुरोध गरेका छन् ।