वेबसाईट बनाउन सोच्दैहुनुहुन्छ ? कल गर्नुहोस् ।

विभिन्न पार्टी परित्याग गरि वाईसिलमा प्रवेश

बारामा विभिन्न पार्टी परित्याग गरि वाईसिलमा प्रवेश गरेका छन् । कलैयामा मंगलवार एक कार्यक्रमको बिच नेपाली काग्रेस, राजपा लगायतका कार्यकर्ताहरु वाईसिलमा प्रवेश गरेका हुन ।

माओवादी केन्द्रका युवा नेता डा सुशिल साहले नवप्रवेशी कार्यकर्ताहरुलाई फुलमाला लगाएर स्वागत गरेका थिए । पार्टीलाई सुदृढिकरण गर्न युवाको खाँचो रहेकोले युवालाई संगठित हुनुपर्नेमा जोड दिएका थिए ।

राजनितिक अस्थिरताले देशको भविष्य अन्यौलमा रहेको उनले बताए । अबको विकासको एक मात्र नारा बुढोलाई छोडौ युवालाई रोजै तब मात्र देशमा सुख शान्ति समंवृद्धि आउन सक्ने साहले बताए ।