वेबसाईट बनाउन सोच्दैहुनुहुन्छ ? कल गर्नुहोस् ।

सर्वोचको निर्णय सयुक्त राजनिति दलद्धारा स्वागत

बारामा सयुक्त राजनितिक दलद्धारा सर्वोच्च अदालते गरेको निर्णयलाई स्वागत गरिएको छ । सोमवार सर्वोच्च अदालतले गरेको निर्णयलाई सयुक्त राजनितिक दलले मैनबत्ति बालि, पटाखा पडकाएर स्वागत गरेका छन् ।

संसद विघटन सम्बन्धी मुद्दामा आज फैसला सुनाउँदै अदालतले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेसँगै सयुक्त राजनिति दलद्धारा मैनबत्ति बालि स्वागत गरेका छन् ।

भने प्रधानमन्त्री निकट युवा सँघले फैसलाको विरोध गर्दै सर्बोच्च अदालतका न्यायधीश को पुतला दहन गरि गाजाबाजका साथ नगरको परिक्रममा गरेका थिए ।

कार्यक्रममा कलैया उपमहानगरपालिकाका नगरप्रमुख राजेश राय यादव, वडाध्यक्ष जलाउदिन मसुर, वडाध्यक्ष गम्भिरा यादव, जटाशंकर सहनी, युवासँघका केन्द्रिय सचिव ध्रुव यादव, माओवादी केन्द्रका युवा नेता मुकेश साह, युवासँघका जिल्ला अध्यक्ष राम यादव, युवासँघका नगरअध्यक्ष हरिओम साह, युवा नेता राजेश पटेल, नेपाली काग्रेशका नेता विजय स्वर्णकार, क्रान्तिकारीका नेता राजेश्वर कुशवाहा, दिनेश यादव, रमोद यादव, संन्दिप युदुवशी, ब्रेट ली, अनिल मण्डल लगायतको सहभागिता रहेको थियो ।