वेबसाईट बनाउन सोच्दैहुनुहुन्छ ? कल गर्नुहोस् ।

लायन्सद्धारा खुल्ला रक्तदान कार्यक्रमको आयोजना

लायन्स क्लब कलैयाद्धारा खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । उपमहानगरपालिका वडा नम्वर १ कलैया ईन स्थित शनिवार लायन्सद्धारा खुल्ला रक्तदानको अयोजना गरिएको हो ।

कोरोनाको कहरले गर्दा देश भरि रगतको कमिको महसुस गरि खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरिएको लायन्स क्लबका अध्यक्ष दिलिप चौधरीले बताएका छन् । विगतमा पनि समाजको आवश्यकताको मध्यनजर गरि जिल्लवासीको लागि अक्सिजन बैक सञ्चालन गरि समाजलाई सेवा गर्दै आएको उनले बताए । विपदको घडिमा लायन्सको सवै पदधिकारीहरु सदैव तयार रहने प्रतिवद्धता समेत चौधरीले गरेका छन् ।

लायन्सले आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा वडाध्यक्ष जटाशंकर सहनी, ब्रट लि, सुजित पाण्डे, सरोज गुप्ता, संजय गुप्ता लगायत, राजन गुप्ता, बबिता गुप्ता लगायत एक सय ४० जनाले रक्तदान गरेको आयोजक संस्थाका सुभाष जैयसवालले जानकारी गराएका छन् ।