वेबसाईट बनाउन सोच्दैहुनुहुन्छ ? कल गर्नुहोस् ।

कलैयाको ५० वर्ष पुरानो सहयोगी फुटवल क्लबले पायो पुर्णता

बारामा सहयोगी फुटवल क्लबको एक कार्यक्रमको बिच विमोचन गरिएको छ । कलैयाको ५० वर्ष पुरानो सहयोगी फुटवल क्लबले शनिवार पुर्णता पाएको हो ।

उधोग वाणिज्य सँघको सभाहलमा अखिल नेपाल फुटवल सँघ प्रदेश २ का अध्यक्ष नेपाल कार्कीले क्लबको विमोचन गर्दै फुटवल क्लबको विकासले देशको पहिचान हुने भएकोले खेल प्रति ईमान्दर भएर लाग्नु परेको बताए ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै नेकपा माओवादी केन्द्रका युवा नेता मुकेश साहले ५० वर्ष पुरानो क्लब अहिले आएर पुर्णता पाउनु खुशिको खवर भएको बताए । पुस्ताले जोगाएर ल्याएको क्लबलाई निष्पक्ष भएर लाग्दा क्लब निरन्तर चल्ने बताए ।

खेलकुदमा बजेट प्रयाप्त भएपनि खेलाडीहरुमा लगानी नगर्दा खेलाडि पलायन हुने गरेको उनले बताए । स्थानिय तह कमिशनको लोभमा परेकोले खेलकुदको विकास नभएको आरोप लगाए । स्थानिय तहले मेयर उपमेयर, वडाध्यक्ष कप गराउदा ५० प्रतिशत कमिशन माग्दा खेलको विकास हुन सकेको छैन ।

विनोद गुप्ताको अध्यक्षतामा सहयोगी फुटवल क्लबको गठन गरिएका उपाध्यक्ष विपिन चौधरीले जानकारी गराए । विमोचन कार्यक्रममा ५० वर्ष पुराना सवै खेलाडिहरुको सहभागिता रहेको थियो ।

विधिवत रुपमा क्लब दर्ता गरि जिल्लामा लोप हुदै गएको फुटवल कैम्प नै सञ्चालन गरि फुटवलको विकास गर्ने अध्यक्ष गुप्ताले बताए । ५० वर्ष पुर्व फुटवल देश मै नाम कमाएको जिल्लाले लगातर तीन चोटी नरायणी चैम्पियन भएको थियो । सोहि जोसले खेलाडि निमार्ण गर्ने तर्फ पहिलो प्राथमिकता हुने उनले बताए ।

रौतहट फुटवल सँघका अध्यक्ष भगवान दर्लार्मी, वडाध्यक्ष राजेश मण्डल प्रसौनी गाउपालिका वडा नम्वर २ का वडाध्यक्ष सुरेश गुप्ता, सुरेश मोदक लगायतकाले शुभकामना दिएका थिए ।