वेबसाईट बनाउन सोच्दैहुनुहुन्छ ? कल गर्नुहोस् ।

स्वास्थ्य केन्द्रमा कार्यरत युवतीको शव फेला

स्वास्थ्य केन्द्रमा कार्यरत युवतीको शव जंगलमा परेको छ। डडेल्धुराको परशुराम नगरपालिका–८ जमरानी आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत अस्मिता धामीको शव हट्वानी सामुदायिक वनमा फेला परेको हो।

असार २ गते जोगबुडा अस्पताल स्वास्थ्य सामाग्री पुर्‍याउन गएकी अस्मिता सोही दिनदेखि बेपत्ता भएकी थिइन्। उनको खोजीकार्यका लागि परिवारले ईलाका प्रहरी कार्यालय निवेदन दिएका थिए। जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले तीन दिन अघिदेखि सम्पर्कविहीन भएकी युवतीको शव फेला परेको बताए।

प्रहरी नायव उपरीक्षक नेपालले ईलाका प्रहरी कार्यालय जोगबुडा र जिल्लाबाट प्रहरी टोली अनुसन्धानका लागि पठाइसकेको बताए। उनले घटनाबारे अनुसन्धानपछि जानकारी गराउने बताए। हत्या हो या आत्महत्या त्यो अनुसन्धानपछि खुल्छ उनले भने, ‘प्रहरी अनुसन्धानमा खटिसकेको छ।’

ताजा अपडेट
लोकप्रिय