वेबसाईट बनाउन सोच्दैहुनुहुन्छ ? कल गर्नुहोस् ।

पछिल्लो २४ घण्टामा २४०१ मा कोरोना संक्रमण, ३६६० संक्रमणमुक्त, ३४ को मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशभर ११ हजार ६९६ जनामा गरिएको परीक्षणमा २ हजार ४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ। मन्त्रालयका अनुसार ७ हजार १० जनाको पीसीआर र ४ हजार ६८६ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको हो।

यस्तै यो अवधिमा ३ हजार ६६० जना संक्रमणमुक्त भएका छन्। पछिल्लो २४ घण्टामा कोरोनाबाट देशभर ३४ जनाको मृत्यु भएको छ।

ताजा अपडेट
लोकप्रिय