वेबसाईट बनाउन सोच्दैहुनुहुन्छ ? कल गर्नुहोस् ।

३,७५० जना संक्रमित थपिँदा ५,२२५ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा देशभर ३ हजार ७५० जना कोरोना संक्रमित थपिएका छन्। मन्त्रालयका अनुसार गत २४ घण्टामा ९ हजार ५९८ पीसीआर परीक्षण गर्दा २ हजार ७०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै ५ हजार ५८४ जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार ४१ जनामा पोजेटिभ देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा ५ हजार २२५ जना निको भएर घर फर्केका छन्। यस्तै, पछिल्लो २४ घण्टामा ६७ जनाको कोरोनाका कारण ज्यान गएको छ।

योसँगै देशभर कोरोना संक्रमणका कारण ज्यान गुमाउनेहरुको संख्या ८ हजार ३ सय ०५ पुगेको मन्त्रालयले जनाएको छ। यसअघि हिजो ३४७९ जना संक्रमण पुष्टि हुँदा ५,२९३ जना डिस्चार्ज भएका थिए भने ५९ जनाको ज्यान गएको थियो।

ताजा अपडेट
लोकप्रिय