भारतमा अहिलेसम्मकै बढी कोरोना संक्रमितको मृत्यु

भारतमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण दर घट्दै गएपनि यसबाट मर्नेको संख्या भने ह्वात्तै बढेको छ । दैनिक ४ लाख कोरोना संक्रमित फेला परेको भारतमा पछिल्लो समय संक्रमितको दर घटेर एक लाखभन्दा कममा झरेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै ६ हजार १३८ संक्रमितको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ लाख ५९ हजार ६९५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ९३ हजार ८९६ जनामा कोरोना संक्रमण देखिएको छ । यससँगै कोरोना संक्रमितको कुल संख्या २ करोड ९१ लाख ८२ हजार ७२ जना पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा १ लाख ६२ हजार २८० जना निको भएका छन् । २ करोड ७६ लाख ४५ हजार २२५ कोरोना संक्रमित निको भइसकेका छन् ।

भारतको महाराष्ट्र, राजस्थान, तामिलनाडू, पन्जाब, मध्य प्रदेश, दिल्ली, गुजरात, कर्नाटक, हरियाणा लगायतका स्थानमा पछिल्लो समय कोरोनाको बढी प्रभाव रहेको छ ।

पछिल्लो २४ घण्टामा २,२९७ जनामा संक्रमण पुष्टि हुँदा ३,३१० डिस्चार्ज

पछिल्लो २४ घण्टामा देशभर २ हजार २९७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ६ हजार ५८३ जनाको पीसीआर

पछिल्लो २४ घण्टामा २४०१ मा कोरोना संक्रमण, ३६६० संक्रमणमुक्त, ३४ को मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभर ११ हजार ६९६ जनामा गरिएको परीक्षणमा २ हजार ४०१ जनामा कोरोना

२,७६८ जनामा संक्रमण पुष्टि हुँदा ४,०२० जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा देशभर २ हजार ७६८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ७ हजार ५६९ जनाको पीसीआर

२,९१८ जना संक्रमित थपिँदा ५,१४७ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा देशभर २ हजार ९१८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ९ हजार ४३७ जनाको पीसीआर