बेटि पढाउ बेटि बचाउ कार्यक्रम अनतर्गत १३ जना छात्रालाई साइकल बितरण

प्रदेश –२ मुख्यमन्त्री बेटि पढाउ बेटि बचाउ कार्यक्रम अनतर्गत बारामा साईकल वितरण गरिएको छ । कलैया उपमहागरपालिका वडा नम्वर १२ शितलपुरको श्री नेरा निमाबी बिधयालयका १३ जना छात्राहरुलाई बिहीबार विधालय परिसर मै साइकल बितरन गरिएको हो ।

सघिय सासद रामबाबु प्रसाद यादब ,प्रदेश सासंद पारस साहले उक्त साइकल बितरन गरेका थिए ।
‘साईकल वितरण गर्दै सासंद यादवले टाढा टाढाबाट आउने छात्राहरुको मनोवल उच्च गर्न साईकल वितरण गरिएको बताए । प्रोत्साहन स्वरुप छात्राहरुलाई साईकल वितरण गरिएको हो ।

प्रदेश सासंद साहले प्रदेश –२ मुख्यमन्त्री बेटि पढाउ बेटि बचाउ कार्यक्रम अन्तर्गत साईकल वितरण गरिएको बताए । गाउघरमा पढने छात्राहरुको स्रोत साधन नभएर पनि शिक्षाबाट बञ्चित भएको अवस्थामा साईकल वितरण गरि थप हौसला प्रदान गरेको उनले बताए ।

कलैया उपमहानगर पालिका वार्ड नम्वर १२ का वार्डध्यक्ष राजेशवर केशरी को अध्यक्षता मा सम्पन्न उक्त कार्यक्रम मा विधयालय ब्वस्थापन समिति का सदस्य शिक्षक बिधयार्थिहरुको उपस्थित रहेको थियो ।