आजदेखि ६० देखि ६४ वर्षका नागरिकलाई कोरोनाविरुद्धको खोप

सरकारले आजदेखि ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने भएको छ ।

चीन सरकारले अनुदानमा उपलब्ध गराएको खोप भेरोसेल काठमाडौँ उपत्यकामा ६० देखि ६४ तथा उपत्यका बाहिर ६२ देखि ६४ वर्ष उमेर समूहकालाई लगाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

खोपको उपलब्धताका आधारमा उपत्यकाबाहिर ६२ देखि ६४ वर्ष उमेरकालाई खोप दिइने छ । ६० देखि ६४ वर्ष उमेर समूहका नागरिक आठ लाख ५४ हजार रहेकाले खोपको दोस्रो मात्रा नपुग्ने देखिएको छ ।

तिब्बतसँग सीमा जोडिएका स्थानीय तहमा भने १८ वर्षदेखि माथिका सबैलाई खोप लगाइने छ । खोप लगाउन जाँदा सबैले उमेर खुल्ने प्रमाणपत्र लैजान मन्त्रालयले अनुरोध गरेको छ ।

पहिलो र दोस्रो चरणमा गरी चीनले नेपाललाई १८ लाख डोज खोप अनुदानमा उपलब्ध गराएको छ ।

गरिब राष्ट्रलाई १ अर्ब कोभिड खोप उपलब्ध गराउने जी-७ को निर्णय

धनी राष्ट्रहरूको समूह जी-७ को बैठकपश्चात् आयोजित पत्रकार सम्मेलनमा ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसनले नेताहरूले विपन्न राष्ट्रहरूलाई कोरोना भाइरसविरुद्ध एक अर्ब मात्रा खोप दिने वाचा गरेको

अमेरिकाले नेपाललाई कोरोना खोप उपलब्ध गराउने

अमेरिकाले नेपाललाई कोरोना खोप उपलब्ध गराउने भएको छ । बिहिबार राष्ट्रपतिका प्रेस विज्ञ टीका ढकालले सामाजिक सञ्जालट्वीटरमार्फत यस्तो जानकारी दिएका हुन् । उनका अनुसार अमेरिकाले

प्रत्येक नागरिकलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउ : कांग्रेस

नेपाली कांग्रेसले प्रत्येक नागरिकलाई कोरोनाविरूद्धको खोप दिन सरकारसँग माग गरेको छ। कांग्रेस केन्द्रीय कार्यसमितिको सोमबारको बैठकले उक्त माग गरेको हो । कोरोनाबाट प्रत्येक नागरिकलाई जोगाउन

केन्द्रीय कारागारका दुई हजार ७०० कैदीबन्दीलाई कोरोना खोप

सरकारले केन्द्रीय कारागारका दुई हजार ७०३ कैदीबन्दीलाई कोरोना खोप प्रदान गरेको छ । सरकारले प्राथमिकताका आधारमा कोरोना खोप प्रदान गर्ने निर्णयअनुसार पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मीसँगै