लागू औषध गाजा सहित बारा प्रहरिद्वारा तिनजना पक्राउ

लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगंजमा प्राप्त विशेष सूचनाको आधारमा आज दिउँसो लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगंज र जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको संयुक्त प्रहरी टोलीले ४९ किलोग्राम अवैध लागू औषध गाँजा सहित ३ जना पक्राउ गरेको छ।
जिल्ला बारा महागढीमाई नगरपालिका वडा नं.२ इनर्वा चोक स्थित बरियारपुरतर्फबाट तेलकुवातर्फ गइरहेको ना २ ह ६१०६ नं. को कालो रंगको अटो तथा नम्बर नखुलेको पल्सर मोटरसाइकल समेतमा आएका व्यक्तिहरूलाई चेकजाँच गर्दा निजहरूले बिक्रि वितरणको लागि अटोमा लुकाई छिपाई ल्याएको ४९ किलो ग्राम (७ पोका) अवैध लागू औषध गँजा सहित पक्राउ गरीएको जानकारी जिल्ला प्रहरी कार्यालय बाराले दिएको छ।
पक्राउ पर्नेमा जिल्ला पर्सा सखुवा प्रसौनी गाउँपालिका वडा नं.१ औराहा टोल बस्ने वर्ष ३९ को अमिरका पासवान (मो.सा.चालक), सोहि ठाउँ बस्ने वर्ष ५६ को रमेश चौधरी (अटो चालक) र वर्ष ३७ को राज कुमार ठाकुर (अटोमा सवार) रहेका छन्।
बरामद लागू औषध र मानिस तथा सवारी साधनहरू जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखी लागू औषध मुद्दामा थप अनुसन्धान भइरहेको जानकारी जिल्ला प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्राले दिनुभएको छ।

बारा प्रहरीद्वारा लागूऔषध सहित दुईजना पक्राउ

बारामा प्रहरीले लागूऔषधसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर १७ अलौँ बस्ने २० वर्षीय शारुख अन्सारी र वडा

बारा : मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु

बाराको सिम्रौनगढ नगरपालिकामा भएको मोटरसाइकल दुर्घटनामा परी गएराती एक युवकको मृत्यु भएको छ । पचरौता नगरपालिका-३ निवासी सुरज साह कल्वारको २६ वर्षीय छोरा मोटरसाइकल चालक

बारामा जन्ती बोकेको बस दुर्घटना: १६ जना घाईते, ५ को अवस्था गम्भीर

बाराको मानमत कलैया सडक खण्ड अन्तरर्गत जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१६ को डकाहमा जन्ती बोकेको यात्रुबस दुर्घटना हुँदा १६ जना घाईते भएका छन् । सोमवार विहान

कलैया उपमहानगरपालिका : नाबालकहरूको हत्यामा संलग्न एक जना पक्राउ

कलैया उपमहानगरपालिका वडा नम्बर ७ रंगपुर निवासी अब्दुल गफार अन्सारीको छोरा ७ वर्षीय उशमान अन्सारी र ९ वर्षीय अमान अन्सारीको हत्यारा लाई बारा प्रहरी ले