प्रदेश नं २ : जसपा संसदीय दलको नेतामा लालबाबु राउत चयन

जनता समाजवादी पार्टी (जसपा)ले प्रदेश नं २ को संसदीय दलको नेतामा मुख्यमन्त्री लालबाबु राउतलाई चयन गरेको छ।

आज पार्टी केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा बसेको बैठकले संसदीय दलको नेतामा राउतलाई चयन गरिएको जसपाका एन जना नेताले जानकारी दिए ।

ती नेताका अनुसार राउतलाई संसदीय दलमा चयन गरेसँगै आजै प्रदेशसभा सचिवालयमा पत्र सहित जानकारी गराइने भएको छ । यससँगै प्रदेशमा समेत सत्ता समीकरण फेरबदल हुने सम्भावना बढेको छ ।

केन्द्रमा महन्थ ठाकुर पक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी भएपछि प्रदेश २ मा समेत सरकार परिवर्तन हुने चर्चाबीच अध्यक्ष उपेन्द्र यादवले आफ्नै उपस्थितिमा बैठक बोलाएर संसदीय दलको विधान पारित गराउनका साथै संसदीय दलको नेता समेत चयन गराएका हुन् ।

तत्कालीन समाजवादी पार्टीका ३० जना र तत्कालीन राजपाबाट ६ जना प्रदेश सभा सदस्य गरी ३६ जनाले निर्णयमा हस्ताक्षर गरेको बताइएको छ।

प्रदेश २ सरकारद्वारा ३३ अर्ब ७९ करोड १४ लाखको बजेट सार्वजनीक

प्रदेश २ सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ३३ अर्ब ७९ करोड १४ लाख ३० हजारको बजेट सार्वजनिक गरेको छ । बजेटको चालूतर्फ १५

प्रदेश २ को प्रदेशसभा बैठक अवरुद्ध

प्रदेश २ मा प्रदेशसभा सदस्यहरुसँग समन्वय नगरी स्थानीय तहमा सशर्त अनुदानको बजेट पठाइएको भन्दै विपक्षी दलहरुले प्रदेशसभा बैठक अवरुद्ध गरेका छन् । मंगलबार प्रदेशसभा बैठक

महन्त ठाकुर पक्षका प्रदेश सांसदहरुले गरे प्रदेशसभा बैठक बहिस्कार

जनता समाजवादी पार्टी (जसपा) महन्त ठाकुर पक्षका प्रदेश सांसदले प्रदेशसभा बैठक बहिस्कार गरेका छन् । सोमबार दिउँसो बसेको प्रदेशसभाको छौठौं अधिवेशनको बहिलो बैठकमा ठाकुर पक्षका

निर्वाचन आयोगलाई उपेन्द्रको पत्र- दर्ता किताबबाट महन्थको नाम हटाइयोस्

जनता समाजवादी पार्टी नेपाल (जसपा) औपचारिक रूपमा विभाजन भएको छ । आज जसपाका अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई निष्कासन गरिएको पत्र अर्का अध्यक्ष उपेन्द्र यादवले