रेडक्रसकी समाजिक अभियन्ताको सानो प्रयास

बाराको कलैयामा रेडक्रसकी समाजिक अभियन्ताको सानो प्रयास देखिएको छ । कलैया उपमहानगरपालिका वडा नम्वर १ मा बस्दै आएकी प्रिज्जा खतिवाडा बढदो कोरोनाको महामारीको बेला पनि मास्क नलगाएकोलाई मास्क वितरण गरेकी छिन ।

उनि जिल्ला रेडक्रसमा एक दशक भन्दा बढि देखि स्वयमसेवकको रुपमा काम गर्दै आएकी छिन । अहिले समाजिक अभियन्ता खतिवाडा जिल्ला कार्य समितिमा छिन ।

कुनै प्राकृतिक, अप्राकृतिक घटना घटयो भने जुरुक्क सेवा गर्न निस्किन्छीन । हावाहुरी, बतास, आगोमा पनि उनि एक्लै आफनो फस्ट ऐड बक्स लिएर घटनास्थलमा पुगछिन । आफुसँग सहयोग सक्दो गर्छिन नभएको खण्डमा जिल्लाबाट थप सहयोग लिएर गरिवको सहारा बन्दै आएकी छिन ।

समाजसेवामा जिवन यापन गरिरहेकी खतिवडा भन्छिन संसारबाट केहि लिएर जानु छैन, त्यसैले समाज सेवामा केहि गर्न सोच बनाएको बताईन । कोरोनाले विश्व नै अक्रान्त बन्दै गएको अवस्थामा पनि मानिसहरुमा जनचेतनाको कमिले मास्क नलगाएको देखे पछि मास्क वितरण गरि सानो प्रयास गरेको उनले बताईन ।

शुक्रवार सय भन्दा बढि सर्वसधारणलाइ मास्क वितरण गरिएको जनाईन । मास्क वितरण गर्ने क्रमलाई जारी राखिने समेत जानकारी गराईएको छ ।