वेबसाईट बनाउन सोच्दैहुनुहुन्छ ? कल गर्नुहोस् ।

नेपाली जनसम्पर्क समिति ओमानको सभापतिमा चापागाई

ओमानमा बस्दै आएको नेपालीहरुको जनसम्पर्क समितीको दोश्रो राष्ट्रिय अधिवेशन सम्पन्न भएको छ । दोश्रो राष्ट्रिय अधिवेशनबाट सभापतिमा शालिकराम चपागाई सर्वसहम्मतले चयन भएका हुन ।

कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका सह महामन्त्री तथा पुर्ब परराष्ट्र मन्त्री डा.प्रकाश सरण महतले नेपालीहरुको हकहितको लागि अग्रगणी भुमिका निर्वाह गर्नु पर्ने बताए । नवनियुक्त पदाधिकारीहरुलाई शुभकामना दिदै डा महतले एक ढिक्का भएर देशको शिर उच्च पार्न बताए ।

नेपाली जनसम्पर्क समिति ओमानको दोश्रो अधिवेशनबाट सभापतिमा शालिकराम चपागाई, उपसभापतिमा नविन कुमार पंगेनी (मनोनित), उपसमापति संजय कुमार साह (मनोनित), उपसभापति गुन बहादुर साठीघरे मगर, महामन्त्री महम्मद सेराजुद्धन, महामन्त्री डम्बर बहादुर पुन, सहमहामन्त्री राम बहादुर लिम्बु, दिलिप बहादुर विक, कोषाध्यक्ष याम बहादुर सारु मगर, सह कोषाध्यक्ष दिल बहादुर विक, युवा समयोजक दिलिप महतो, महिला संयोजक सिता तमाङ्ग, प्रदेश संयोजक प्रदेश १ राम चौहान प्रदेश २ नन्द किशोर महतो, प्रदेश ३ राम चन्द्र घले, प्रदेश ४ तिलक पाठक, प्रदेश ५ अरुण कुमार बन्जाडे, प्रदेश ६ विष्णु सुनुवार, प्रदेश ७ रश्मि भट सदस्यहरु मिन बहादुर पराजुली, गोपिनाथ अधिकारी, गणेश रेग्मी, गंगा पौडेल, राजेन्द्र सुवेदी, मैया पदालुग,राधिका रिजाल गिता नेपाली, धर्म राज गिरि, शिव प्रसाद भण्डारी, सज्जन अर्चाय रहेका छन् ।

महासमिति सदस्यहरुमा शालिकराम चपागाई, नविन कुमार पंगेनी, संजय कुमार साह, महासमिति प्रतिनिधिमा महम्मद सेराजुद्धन, कुमार स्वार, सुरज चित्रकार, नरेन्द्र बराल रहेका छन् ।

सम्पुर्ण उपस्थित आग्रजहरुको माया तथा गौरबमय उपस्थितिले गर्दा जनसम्पर्क समिती ओमानले आफ्नो राष्ट्रिय अधिबेशन सप्पन्न गर्न सफल भएको सभापति चपागाईले कलैयाअनलाईनलाई जानकारी गराएका छन् । कार्यक्रममा विभिन्न बक्ताहरुले पुरानो कार्यसमिति तथा निर्बिरोध नब निर्बाचित कार्यसमिति बधाई तथा शुभकामना समेत दिएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका सह महामन्त्री तथा पुर्ब परराष्ट्र मन्त्री डा.प्रकाश सरण महत, बिशेष अतिथी नेपाली कुटनितिक नियोग नेपाली दूतावास ओमानको महामहिम राजदूत श्री सर्मिला पराजुली ढकाल, बिशेष अतिथी नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा जनसम्पर्क सम्मन्वय बिभाग प्रमुख गोबिन्द भट्टराई, बिशेष अतिथी नेपाली कांग्रेस केन्द्रिय सदस्य डा.डिला सग्रौला, बिशेष अतिथि नेपाली कांग्रेस केन्द्रिय कार्यलय देखि खटाइनु भएका केन्द्रीय प्रतिनिधि बिमल सुबेदी, यिुबशेष अतिथी नेपाली कांग्रेस आमन्त्रित केन्द्रिय सदस्य तथा जनसम्पर्क समिती अमेरिका सभापति आनन्द बिष्ट त्यसै गरि नेपाली कांग्रेस बिदेश बिभाग अन्तर्गत विभिन्न बिभागका प्रतिनिधि, एनआरएनए आईसिसि प्रबक्ता डिबि क्षेत्री, लचलब एनआरएनए आईसिसि सल्लाहकार कुल आचार्य, विभिन्न जनसम्पर्क समितिका सभापति, प्रतिनिधि एनआरएनए गल्फका संयोजन प्रबीण गुरुङ, उप संयोजन मनोज गोर्खाली एनआरएनए सोसल क्लब ओमानका अध्यक्ष बिकल झा, ओमानमा अबस्थित बैचारिक, धर्मिक, सामाजिक, जातीय, संस्थाहरुको विशेष उपस्थिति रहेका महासमिति सदस्य संजय कुमार साहले जानकारी गराएका छन् ।