खोलामा ठेकदारको शासन, स्थानिय सरकार मौन

बारामा रहेको खोलाबाट दर्जनौ एक्साभेटर, ट्रिपर, ट्रयाक्टर लगाएर नदि दोहन कार्य तिव्र पारिएको छ, अनुगमन गर्ने निकाय मौन बसेकोले खोला मासिदै गएको छ ।

लाल बकैया खोला, बालगंगा, दुधौरा र पसाह खोलाको ठेक्का कलैयाको विनोद निर्माण सेवा कम्पनीले लिएको छ । १२ करोड ८८ लाखमा ९४ लाख घनमिटर खोलाबाट बालुवा, गिटी, ढुङ्गा निकासी गर्न ठेक्का लिएको हो ।

खोलामा लगाईएको एक्साभेटरले दुई फिट देखि पाँच फिट भन्दा बढि सम्म खोला उत्खन्न गरि प्रारम्भिक वातावरणीय परीक्षण (आईइ) रिपोर्टको धज्जि उडाउदै खोला दहन गरिरहेको पाईन्छ ।

जितपुरसिमरा उपमहानगरपालिका वडा नम्वर १६ का वडाध्यक्ष केदार बजगाईसँग बुझदा प्रारम्भिक वातावरणीय परीक्षण (आईइ) का अनुसार एक मिटर देखीडेढ मिटर सम्म उत्खन्न गर्न पाईने भनेर अनुमति दिएको बताउछन । खोला अनुगमन गर्ने प्रश्नमा आफु नियमित अनुगमन गरेको दाबी गर्छन ।

अनुगमनमा कहै कतै प्रारम्भिक वातावरणीय परीक्षण (आईइ) रिपोर्ट भन्दा बढि खनेको देखिएको छ । कारवाहि गर्ने अधिकार नगरप्रमुख देखि प्रमुख जिल्ला अधिकारीको भएकोले आफु केहि गर्न नस्कने भनि पञ्छिन खोजेका छन् ।

खोलाले वन विनाश पनि तिव्र गतिमा गरेको पाईन्छ । वन क्षेत्र भित्र सिमा निर्धारण गरेको हुन्छ बाटोको लागि तर खोलामा आएको ट्रिपर, ट्रेक्टरले आफुखुशी जाहाबाट सजिलो हुन्छ त्यही हिसावले गाडि गुडाउदा दिनहु वन मासिदै गएको स्थानिय हरिदेव खरेल बताउछन । यसरी नै खोलाको निकासी प्रठारी गरियो भने अवको पाँच वर्षमा प्रदेश २ मरुभुमी बन्न बाट कोहि जोगाउन नसक्ने वतावरण संरकक्षकहरु बताउछन । हाल सम्म ठेकदार कम्पनीले कति घनमिटर खोला उत्खन्न गर्यो, भनेर त्यसको यकिन तथ्याङ्क समेत उपमाहानगरपालिकासँग नरेहेको  खरेल बताउछन ।

डिभिजन वन कार्यालय बाराका प्रमुख मंन्जुर अहमदका अनुसार समझौताको अनुसार बढि खोला उत्खन्नले भोलीको दिनमा पानीको मुहान सुक्दै जाने बताए । साथै यसरी खोला मासिदै जादा वन्यजन्तुलाई समेत ठुलो नोक्सनी हुने उनले बताए । समयमै खोलाको विनाश रोकिएन भने पर्यावरणमा ठुलो क्षती पुग्ने अहमदले जानकारी गराए ।

खोलको स्थलगत अनुगमन गर्न जाँदा ५ मिटर बढि सम्म खोलामा उत्खन्न गरि ढुगां गिटी, बालुवा उत्खन्न गर्न पाईएको छ ।’ खोलाको उत्खन्नले भविष्यमा पुर्व पश्चिम राजमार्गमा पर्ने पुललाई प्रत्यक्ष रुपमा क्षती पुग्ने देखिन्छ ।

स्थानिय प्रशासनले कोरोनाको महामारीको बेला लकडाउनमा सार्वजनिक यातायात बन्द गरेको छ । जसले गर्दा खोलामा दैनिक दुई सयको हराहरीमा ट्रिपर, तीन सय ट्रायक्टरमा ढुँगा गिटी, बालुवा लोड हुने प्रत्यक्षदर्शी बताउछन ।

लोड भएका सवै ढुगा गिटी, बालुवा निजगढ नगरपालिकाको स्थानिय क्रसरहरुमा भण्डारण हुने गरेको ट्रिपर चालकहरु बताउछन । खोलाको छेउमै खोलिएका दर्जनौ क्रसर उद्योगले सजिलैसँग खोलाबाट उत्खन्न भएका ढुगा गिटी, बालुवालाई भण्डारण गर्ने गरेका छन ।

बाराको उत्खनन हुने खोलाहरुमा प्रत्यक्ष रुपमा ठेकदारहरुको हालिमुहाली नै देखिए पनि अप्रत्यक्ष रुपमा प्रदेश, प्रतिनिधिसभा सदस्य स्थानीय तहकै प्रमुख तथा कार्यपालिका सदस्यहरु र समन्वय समितिका पदाधिकरीको लगानी रहेको श्रोतले जानकारी गराएको छ ।

गत वर्ष विनोद निमार्ण कम्पनीले राजस्व छलि गरेको आरोपमा पक्राउ पुजी समेत जारी भएको थियो । श्रोतका अनुसार निमार्ण कम्पनीले पछि पैसाको बलमा मुद्धा मिलाउन सफल समेत भएका थिए ।