वेबसाईट बनाउन सोच्दैहुनुहुन्छ ? कल गर्नुहोस् ।

अमेरिकाले नेपाललाई कोरोना खोप उपलब्ध गराउने

अमेरिकाले नेपाललाई कोरोना खोप उपलब्ध गराउने भएको छ । बिहिबार राष्ट्रपतिका प्रेस विज्ञ टीका ढकालले सामाजिक सञ्जालट्वीटरमार्फत यस्तो जानकारी दिएका हुन् । उनका अनुसार अमेरिकाले नेपाललाई कोरोना खोप दिने भएको हो । उनले पहिलो ट्वीटमा नेपाललाई ५० लाख डोज खोप दिने बताएका थिए । तर दोस्रो ट्वीटमा उनले खोप परिमाणबारे सच्चाएका छन् । उनले यो परिमाण आफुहरुको अपेक्षा र अनुरोध रहेको बताएका छन् ।

उनले भनेका छन् – ‘सम्माननीय राष्ट्रपतिज्यूको अग्रसरता र नेपाल सरकारको क्रियाशीलताले कोभिड-१९ विरुद्धको खोप प्राप्तिमा आज अर्को सफलता प्राप्त भएको छ िहाम्रो अनुरोधलाई स्वीकार गर्दै संयुक्त राज्य अमेरिकाले नेपाललाई पचास लाख डोज खोप उपलब्ध गराउने जानकारी गराएको छ’

अर्को ट्वीटमा भनेका छन् – ‘मैले उल्लेख गरेको परिमाणलाई म तत्काल सच्याउन चाहन्छु । यो परिमाण हाम्रो अपेक्षा र अनुरोध हो ।’

यसैगरी अमेरिकी दूतावासले अमेरिकी भ्याक्सिन अनुदानमा पाउने मुलुकमध्ये नेपाल पनि एक भएको ट्वीटरमार्फत बताएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि ट्वीट गर्दै अमेरिकाले नेपाललाई कोरोना खोप उपलब्ध गराउने बताएका छन् । उनले खोप उपलब्ध गराउने भएकोमा धन्यवाद दिएका छन् ।