डा पाण्डे दाजुभाई द्धारा बुवाको स्मृतिमा खाद्धयन लत्ताकपडा वितरण

कोरोनाको महामारीमा डाक्टर दाजुभाईले खाद्धयन तथा लत्ताकपडा वितरण गरेका छन् । कलैया उपमहानगरपालिका वडा नम्वर ८ बरेवाका डा शैलेश पाण्डे र डा शिवेश पाण्डेले आफनो बुवा सृकान्त पाण्डेको १३ औ दिनको स्मृतिमा खाद्धयन तथा लत्तकपडा वितरण गरेका हुन ।

उपमहानगरपालिका वडा नम्वर ४ स्थित सुन्दर बस्तीमा ३० घरपरिवारलाई एक दिनको खाद्धयन वितरण गरिएको हो । दैनिक रोजगारी गरि जिविकापार्जन गर्दै आएको सुन्दर बस्तीमा चामल, दाल, आयोनुन, खाने तेल, मसला, आलु लगायतको खाद्धयन वितरण गरिएको हो ।

त्यस्तै अमृता अनाथ आश्रममा रहेका ससाना बालबालिकाहरुको लागि चाहिने लत्ताकपडा समेत वितरण गरिएको हो । आश्रममा रहेका १४ जना बालबालिकाको लागि चाहिने सर्ट, पैन्ट, भेष्ट, ट्रयाकसुट वितरण गरिएको हो ।

लकडाउनमा अति आवश्यक परिवारको पहिचान गरि खाद्धयन तथा लत्ताकपडा वितररण गरेको डा पाण्डे बताउछन । अनाथ आश्रममा रहेको बालबालिकाको लागि कपडा सहयोग गरेकोमा अनाथ आश्रमका सञ्चालक फुलमति बस्नेतले डा पाण्डे द्धवयलाई धन्यवाद दिएकी थिईन ।