प्रदेश नं २ को बजेट अधिवेशन जेठ २४ गते गर्न सिफारिश

प्रदेश नम्बर २ को सरकारले बजेट अधिवेशन आह्वान गर्न सिफारिश गरेको छ ।

आज बसेको मन्त्रिपरिषदको बैठकले चालु अधिवेशन अन्त्य गरि जेठ २४ गते बजेट अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिश गरेको हो ।

बजेट अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले जानकारी दिए ।

प्रदेश प्रमुखले सिफारिश गरे पश्चात् प्रदेश सभा मार्फत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिनेछ।

प्रदेशको पाँचौ अधिवेशन गत चैत ३० गतेदेखि शुरु भएको थियो । पाँचौ अधिवेशनको चैत ३० र वैशाख १० गते गरी दुईवटा बैठक मात्रै बसेको थियो ।

तेस्रो बैठक वैशाख १४ गतेका लागि आह्वान गरिएपनि प्रदेशसभाका कर्मचारीमा कोरोना संक्रमण देखिएको भन्दै अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगित गरिएको थियो । स्थगित गरिएको बैठक हालसम्म बस्न सकेको छैन ।

प्रदेश २ सरकारद्वारा ३३ अर्ब ७९ करोड १४ लाखको बजेट सार्वजनीक

प्रदेश २ सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ३३ अर्ब ७९ करोड १४ लाख ३० हजारको बजेट सार्वजनिक गरेको छ । बजेटको चालूतर्फ १५

प्रदेश २ को प्रदेशसभा बैठक अवरुद्ध

प्रदेश २ मा प्रदेशसभा सदस्यहरुसँग समन्वय नगरी स्थानीय तहमा सशर्त अनुदानको बजेट पठाइएको भन्दै विपक्षी दलहरुले प्रदेशसभा बैठक अवरुद्ध गरेका छन् । मंगलबार प्रदेशसभा बैठक

महन्त ठाकुर पक्षका प्रदेश सांसदहरुले गरे प्रदेशसभा बैठक बहिस्कार

जनता समाजवादी पार्टी (जसपा) महन्त ठाकुर पक्षका प्रदेश सांसदले प्रदेशसभा बैठक बहिस्कार गरेका छन् । सोमबार दिउँसो बसेको प्रदेशसभाको छौठौं अधिवेशनको बहिलो बैठकमा ठाकुर पक्षका

प्रदेश नं २ : जसपा संसदीय दलको नेतामा लालबाबु राउत चयन

जनता समाजवादी पार्टी (जसपा)ले प्रदेश नं २ को संसदीय दलको नेतामा मुख्यमन्त्री लालबाबु राउतलाई चयन गरेको छ। आज पार्टी केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा बसेको