कोरोनाको उच्च जोखिममा निजगढ, अहिलेसम्म २५ जनाको मृत्यु

बाराको निजगढ नगरपालिका कोरोनाको उच्च जोखिममा रहेको पाईएको छ । निजगढमा गरिएको कोरोना परिक्षणमा ८० प्रतिशतमा कोरोना देखिए सँगै उच्च जोखिममा रहेको देखिएको हो ।

निजगढ नगर भित्र एक सय ६८ जना कोरोनाबाट संक्रमित भईसकेका छन् , भने हाल निजगढमा ९७ जना जना सक्रिय संक्रमित रहेका छन् । जस मध्य २५ जनाको मृत्यृ समेत भईसकेको भएता पनि नगरपालिकासँग नगर भित्र मृत्यु हुनेको आकडा भने छैन ।

नगरपालिकाको ध्यान कार्य सम्पादन भन्दा बढी सामाजिक सञ्जालको लोकप्रियतामा सक्रिय देखिएको छ । तर , कोरोना सक्रमणको दर अन्यत्र घटिरहेता पनि निजगढमा भने बढ्दो क्रममा रहेको छ ।

निजगढ नगरपालिका भित्र पछिल्लो समयमा सक्रमितको मृत्यु दरले समेत यो कुरा पुष्टि भईरहेको छ । तर , नगरपालिकाको आकडामा भने कोरोना सक्रमणबाट मृत्यृ हुँनेको सख्या जम्मा ६ रहेको जनाएको छ ।

नगरपालिकाले बढो तामझामका साथ सामाजिक सञ्जालमा कोरोना रोकथाममा नगरपालिका सक्रिय रहको फोटोहरु सामाजिक सञ्जालमा बिज्ञापन गरेको भएता पनि वास्तबिकता भने ठ्याकै उल्टो रहको छ ।

नगरको स्वास्थ्य शाखाका प्रमुख रमेश लामाले कोरोनाको सक्रमण समुदाय स्तरमा फैलिएको हुँदा केहि दिन पूर्ण रुपमा बजार व्यवसाय बन्द गर्नु पर्ने बताए ।

तर , स्वास्थयको सुझाव विपरित बिपत व्यवस्थापन समितिले वास्ता नगरि बिभिन्न खाध्यान्न , माछा मासु लागयतको व्यवसाय हप्ताको तीन दिन खोल्न दिने अनुमति नगरपालिकाले दियो । यसको केहि समय मैं कोरोना संक्रमणबाट मृत्यु हुँनेको सख्यामा समेत बृद्वि भयो ।

नगरमा लोकप्रियता कमाउँन र कोरोना रोकथाममा नगर सक्रिए देखाउँन केहि समय पहिला नगर प्रमुख सुरेश कुमार खनालले प्रयोग गर्ने सरकारी गाडीलाई एम्बुलेन्स् बनाएर सस्तो लोकप्रिय कार्य गरे पनि नगर प्रमुख खनाल कोरोना न्यूनिकरणमा भने चुकेका छन् ।

नगर प्रमुख सुरेश खनाल र कार्यकारी अधिकृत सुमन कार्की नैं फिल्डमा छु भन्ने फोटो सामाजिक सञ्जालमा देखिएता पनि नगरसँग कोरोना सक्रमणले मृत्यु हुनेको सख्या समेत एकिन नहुँदा नगरको व्यवस्थापनमा प्रश्न उठेको छ ।

यसैबिच शुक्रवार बिपत व्यवस्थापन समितिको बैठक नगरपालिकामा बस्ने तयारीमा नगरपालिका रहेको बताईएको छ ।

वीरगञ्जमा उपचारको क्रममा बारा, रौतहट र सर्लाहीका ३ कोरोना सङ्क्रमितको मृत्यु

वीरगञ्जमा आइतबार कोरोनाभाइरस सङ्क्रमणका कारण ३ जनाले ज्यान गुमाएका छन् । यहाँस्थित नारायणी अस्पतालमा उपचार गराई रहेका बारा, रौतहट र सर्लाहीका १/१ जना गरी ३

बारा प्रहरीद्वारा लागूऔषध सहित दुईजना पक्राउ

बारामा प्रहरीले लागूऔषधसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर १७ अलौँ बस्ने २० वर्षीय शारुख अन्सारी र वडा

बारामा असार ६ गतेसम्म निषेधाज्ञा थपियो, ११ बजेसम्म पसल खोल्न पाइने

बारा जिल्लामा पनि प्रशासनले निषेधाज्ञालाई खुकुलो बनाउँदै थप्ने निर्णय गरेको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन समिति (डीसीसीएमसी) को बैठकले निषेधाज्ञालाई खुकुलो बनाउँदै लम्ब्याउने निर्णय

बारामा जन्ती बोकेको बस दुर्घटना: १६ जना घाईते, ५ को अवस्था गम्भीर

बाराको मानमत कलैया सडक खण्ड अन्तरर्गत जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१६ को डकाहमा जन्ती बोकेको यात्रुबस दुर्घटना हुँदा १६ जना घाईते भएका छन् । सोमवार विहान