सुदूरपश्चिम प्रदेशका पूर्वप्रमुख मोहनराज मल्लको निधन

सुदूरपश्चिम प्रदेशका पहिलो प्रदेश प्रमुख मोहनराज मल्लको निधन भएको छ । कोरोना र निमोनियालगायतबाट पीडित उनको आज निधन भएको पारिवारिक स्रोतले सेतोपाटीलाई बताएको छ ।

उनको काठमाडौंको निदान अस्पतालमा उपचार भइरहेको थियो । नेपाली कांग्रेसका नेतासमेत रहेका मल्ललाई शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा प्रदेश प्रमुखमा नियुक्त गरेका थिए ।

मल्ल २०७४ माघ ३ मा सुदूरपश्चिम प्रदेश प्रमुख बनेका थिए । पूर्वराष्ट्रिय पञ्चायतका सदस्य समेत रहेका मल्ल राप्रपा छाडेर कांग्रेस प्रवेश गरेका थिए ।