कोरोनाभाइरस सङ्क्रमणबाट वीरगञ्जमा ६ सङ्क्रमितको मृत्यु

कोरोनाभाइरस सङ्क्रमणबाट वीरगञ्जका विभिन्न अस्पतालमा बुधबार ६ जनाको मृत्यु भएको छ ।

यहाँस्थित नारायणी अस्पताल, भवानी अस्पताल, नारायणी वयोधा अस्पताल, वीरगञ्ज हेल्थकेयर अस्पतालमा कोरोना सङ्क्रमण पुष्टि भएर उपचार गराईरहेका ४ महिलासहित ६ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमध्ये ३ जना पर्सा र ३ जना रौतहट जिल्लाका बासिन्दा रहेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

पर्साको पोखरिया नगरपालिका वडा नमार ३ का ४० वर्षीय २ ५० वर्षीय दुई महिलाको मृत्यु भएको छ । ४० वर्षीय महिलाको नारायणी वयोधा अस्पतालमा मृत्यु भएको हो भने ५० वर्षीय महिलाको नारायणी अस्पतालमा मृत्यु भएको हो ।

नारायणी अस्पतालमै पर्साको बहुअर्वाभाठा २ निवासी ४५ ४५ वर्षीय पुरुषले पनि सङ्क्रमणका कारण ज्यान गुमाएका छन् ।

त्यसैगरी रौतहटको राजपुर वडा नम्बर ४ का ६० वर्षीय पुरुषले वीरगञ्ज हेल्थ केयर हस्पिटल, चन्द्रपुर नगरपालिका वडा नम्बर १० का ३४ वर्षीय पुरुषको भवानी हस्पिटल र जयनगर वडा नम्बर १ की २१ वषीय महिलाको नारायणी हस्पिटलमा मृत्यु भएको थियो ।

६५ किलो गाँजासहित वीरगञ्जमा एक जना पक्राउ

वीरगञ्जबाट प्रहरीले ६५ किलोग्राम लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले मकवानपुरको मनहरी गाउँपालिका- ६ नयाँबस्ती बस्ने ५१ वर्षीय रामकुमार मोक्तानलाई पक्राउ गरेको

अनलाइन ठगी कार्यमा संलग्न पक्राउ

सामाजिक सञ्जाल वाट्सएप, इमो मार्फत लट्री परेको भनी पीडितहरुबाट २ लाख १० हजार रुपैयाँ रकम ठगी गरेको अभियोगमा पर्सा वीरगंज महानगरपालिका-१८ बस्ने निरज कुमार सिंहलाई

हुण्डीको ३ लाख रकमसहित १ जना पक्राउ

पर्सा प्रहरीले स्रोत नखुलेको ३ लाख अवैध रकमसहित १ जनालाई वीरगञ्जबाट पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर ६ बस्ने ३९ वर्षीय अमित कुमार

असार १ गतेबाट विद्यालय खोल्ने महानगपालिकाको निर्णय

कोरोना संक्रमितको संख्या घट्दै गएको भन्दै वीरगञ्ज महानगरपालिकाले असार १ गतेदेखि क्रमिकरुपमा विद्यालय खोल्ने निर्णय गरेको छ । महानगरपालिकाले असार १ गतेदेखि विद्यार्थीको उपस्थितिमै कक्षा