अमेरिकामा गोली प्रहारबाट बन्दुकधारीसहित ८ को मृत्यु

एजेन्सी । अमेरिकाको क्यालिफोर्निया राज्यको एक रेलवे स्टेशन नजिक गोली प्रहारबाट बन्दुकधारीसहित आठ जनाको मृत्यु भएको छ ।

क्यालिफोर्नियाको सैन जोसमा रहेको सान्ता क्लारामा एक बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गरेका हुन् । रेलवे स्टेशन नजिक रेलवे कर्मचारीको छलफल चलिरहेकै बेला ति बन्दुकधारीले गोली प्रहार गरेको बताइएको छ ।

गोलीकाण्ड गर्नु अघि ती व्यक्तिले आफनो घरमा आगजनी गरेको बताइएको छ । बन्दुकधारी प्रहरी कारबाहीमा मारिएका छन् ।

अमेरिकामा यस वर्ष अहिलेसम्ममा २३० वटा गोली काण्डका घटना भएको त्यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् ।

अमेरिकामा साइबर हमला भएपछि आपतकाल घोषणा

देशको ठूलो इन्धन वितरक कोलिनियल पाइलाइनमा साइबर आक्रमण भएपछि अमेरिकी सरकारले आपतकालीन अवस्था लागु गरेको छ। साइबर सुरक्षा राष्ट्रिय सुरक्षाका लागि नै गम्भीर चिन्ताको विषय