चितवन राष्ट्रिय निकुञ्जभित्र सैनिकको शव भेटियो

चितवन राष्ट्रिय निकुञ्जमामा एक सैनिक मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार निकुञ्जमा विशेष गस्तीका लागि आएको रेञ्जर बटालियन पोखराका हवल्दार गगनबहादुर शाही मृत फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी सूर्य थापाका अनुसार उनको शव मंगलबार बिहान राप्ती किनारमा फेला परेको हो । डीएसपी थापाका अनुसार शाही निकुञ्जस्थित सेनाको खड्ग दलमा विशेष अप्रेसनका लागि खटिएका थिए ।

शाहीका परिवारले भने घटनाबारे निष्पक्ष छानबिन गर्न माग गरेको छ ।

चितवनका युवा बारामा मृत फेला

चितवनका एकयुवकको शव बारामा मंगलवार साँझ फेला परेको छ । चितवन राप्ती नगरपालिका वडा नं.१० का ३० वर्षिय मिलन विकको शव बाराको निजगढमा भेटिएको हो

जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

जङ्गली हात्तीको आक्रमणबाट पश्चिम चितवनमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका १३ की ५० वर्षीया तीलमाया भुजेल रहेकी छिन् । आज

चितवनको माडीमा अयोध्या धाम

चितवनको माडीमा अयोध्याधाम निर्माण गर्न गुरुयोजना सहितको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ । डेकोर स्टुडियो प्रालिले अयोध्याधामको गुरुयोजनासहितको डीपीआर बनाएको सो संस्थाका निर्देशक