वेबसाईट बनाउन सोच्दैहुनुहुन्छ ? कल गर्नुहोस् ।

औषधिजन्य लागुऔषधसहित पर्साबाट दुईजना पक्राउ

पर्साको वीरगञ्ज महानगरपालिका–१७ बाट प्रहरीले औषधीजन्य लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा पर्साका ३५ वर्षीय अमरुल्लाह अन्सारी र ४० वर्षीया शकुन नेशा पवरिया रहेका छन् । प्रहरीले उनीहरूका साथबाट ८८ वोतल ‘वीनकिरेक्स’ नामक औषधिजन्य लागुऔषध बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी ओमप्रकाश खनालका अनुसार सूचनाका आधारमा खानतलासी गर्दा खाल्डोमा हालि छोपेर राखेको अवस्थामा लागुऔषध बरामद् भएको हो ।

ताजा अपडेट
लोकप्रिय