वाइसीएलद्वारा असंवैधानिक कदमको विरोध

रमेश साह

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गरिएको छ। नेकपा माओवादी केन्द्र भातृ संगठन वाइसीएल नेपालका कार्यकर्ताहरूले असंवैधानिक कदम विरोध गर्दै संयुक्तरुपमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको पुतला दहन गरेका हुन् ।
आइतबार कलैया उपमहानगर पालिकाको वार्ड १ को तिनकुने चौकमा नेकपा माओवादी केन्द्र भात्री संगठन कलैया उपमहानगर पालिका वाइसीएल नेपाल राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको पुतला दहन भएको हो ।
प्रधानमन्त्री ओलीको इशारामा राष्ट्रपति भण्डारीले जेठ ७ गते मध्यरातमा प्रतिनिधिसभाको विघटन गर्दै आफूखुसी अध्यादेश ल्याई मुलुकलाई द्वन्द्वमा धकेल्ने कु चेष्टा गरेकोले त्यसको विरोधमा पुतला दहन गरिएको माओवादी केन्द्रका कलैया उपमहानगर पालिका नगर वाइसियल उपाध्यक्ष रमोद यादवले बताए । उनले तत्काल प्रतिगामी कदम सच्याउनका लागि माग समेत गरेका थिए ।
उक्त कार्यक्रममा बारा क्षेत्र ३ का इन्चार्ज अबुलेस अंसारी,कलैया उपमहानगर पालिकाका इन्चार्ज रोशन रौनियार ,कलैया पालिका अध्यक्ष समिबाबु अख्तर,रामा शंकर गुप्ता,सुशील साह अलोक तिवारी ,मनदिप यादव लगाएतका उपस्थिति रहेको थियो ।

सर्वोच्चले माग्यो प्रधानमन्त्रीसँग लिखित जवाफ

सर्वोच्च अदालतले शपथसम्बन्धीको रिटमा राष्ट्रपति कार्यालय र प्रधानमन्त्रीसँग लिखित जवाफ माग गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको शपथ ग्रहरण सम्बन्धी परेका चारवटा रिटमाथि

संसदले दिएन विश्वासको मत, प्रधानमन्त्री ओली पदमुक्त

प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन् । विश्वासको मत लिने प्रस्ताव संसदबाट बहुमतले अस्वीकृत भएपछि प्रधानमन्त्री ओली स्वतः पदमुक्त भएका हुन् । प्रस्तावको पक्षमा

सरकारको ध्यान कोभिड–१९ रोकथाम र उपचारमा केन्द्रित छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको ध्यान अहिले कोरोना भाइरसको संक्रमण रोकथाम, नियन्त्रण र संक्रमितको उपचारमा केन्द्रित भएको बताएका छन् । प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री

प्रधानमन्त्री बिचौलियाहरुलाई सल्लाहकार राखेर देशमा आर्थिक अनियमितता, कालोबजारी, बिचौलियातन्त्र संस्थागत गर्न उद्धत रहेका छन्,– युवा संघ अध्यक्ष शाही

नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकटको युवा संघ नेपालले कोरोना भाइरसको महामारीका बीचमा मानवता बिरुद्धको अपराधमा संलग्न हुने अपराधी तथा उनका मतियारहरुलाई नांगेझार पार्ने चेतावनी दिएको